Comments Add Comment

‘फेरि फेरि’मा अर्पणको एक्सन, ऋचाको भूमिका के ?

पुरन थापाको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्र ‘फेरि–फेरि’को ८५ प्रतिशत छायांकन सकिएको छ । कमेडी कथामा तयार भैरहेको यो चलचित्रको छायांकन माघको तेश्रो सातादेखि सुरु भएको थियो । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, पुरन थापा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको अहिले एक्सनको दृश्यको छायांकन भैरहेको छ । क्लाइमेक्सका लागि करिब १० दिन लागेको पुरनले जानकारी दिए । उनले गुणस्तरिय चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको समेत स्पष्ट पारे । गीतको छायांकन बाँकी रहेको उनको भनाई थियो । ‘फेरि फेरि’को काठमाण्डौ भित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्मका दृश्य कैद गर्ने योजना निर्माणपक्षको छ ।

कलाकार अर्पण थापाले विगतका चलचित्रमा भन्दा फरक भूमिका रहेको सुनाए । नायिका शर्माले आफूले बिगतका चलचित्रमा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै यो चलचित्रमा पनि नौलो चरित्र निर्वाहा गरेको बताइन् । सुरुदेखि अन्तिमसम्म चलचित्र निकै रमाइलो बनेको दाबी ऋचाले गरेकी छिन् । सुरेश बज्राचार्यको छायांकन रहेको चलचित्रलाई दशैंसम्म रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment