+
+

गणेश लामालाई रिहा गर्न सरकारसँग कांग्रेसको माग

रासस रासस
२०७४ चैत २ गते १८:४३

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस काभ्रेका सभापति  मधु आचार्यले अाफ्नो पार्टीका निर्दोष नेतामाथि झुठो अारोप लगाएर पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका हुन् ।

‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ,  यो दुःखद् भएको छ, ‘ उनले भने, ‘उहाँलाई स-सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’

सभापति अाचार्यले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरेका छन् ।

लामालार्इ प्रहरीले पिस्तोल र गोलीसहित पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?