Comments Add Comment

गर्मीमा ग्ल्यामरः कस्तो ड्रेसअपमा स्टाइलिस देखिन्छ ?

जति-जति गर्मीको पारो चढ्दै जान्छ, तन्नेरीको पहिरनको आयतन उत्तिनै घट्दै जान्छ । फेसनेवल पुस्तालाई लाग्छ, समर सिजनमा आफ्नो पहिरनलाई मनलाग्दो एक्सपोज गर्न पाइन्छ ।

मौसममी परिवर्तनसँगै फेसनमा पनि थरीथरीका बान्की देखापर्न थाल्छ । हरेक सिजनमा परिहनले पनि विविधता खोज्छ । त्यसैले मौसम बद्लिएसँगै फेसनको रुपरंग पनि बद्लिन्छ । विन्टर सिजनले बिट मार्दैछ । र, यससँगै बाक्लो, न्यानो पहिरन ह्याङगरमा झुन्ड्याएर पातलो, हल्का पहिरन खोज्न थालिएको छ । फेसन डिजाइनरहरु भन्छन्, ‘गर्मीमा हल्का एवं कम्र्फटेबल पहिरन लगाउनुपर्छ ।’

कम्फटेबल पहिरन

घामको रापमा खुला एवं हल्का पहिरन सजिलो हुन्छ । हिँडडुल गर्दा होस् वा कुनै काम गर्दा, लुज पहिरन उपयुक्त हुन्छ । यस्ता लुगामा पसिना आउने तथा बाफिने समस्या हुँदैन । फेसन डिजाइनर समा बानु भन्छिन्, ‘स्टाइलिस देखिने चक्करमा फिटिङ्स पहिरन ठिक हुँदैन ।’

अहिले फिटिङ्स पहिरनकै ट्रेन्ड छ । तर, गर्मीमा यस्तो पहिरन सहज नहुने डिजाइनरहरुको भनाई छ । उनीहरु भन्छन्, ‘फेसन भनेको मौसम अनुकुल हुनुपर्छ । त्यसैले गर्मीमा खुला एवं हल्का पहिरन लगाउनुपर्छ ।’

पुरै शरीर ढाक्ने

गर्मीमा हल्का लुगा लगाउनुपर्छ तर, छोटो लुगाउ त्यती उपयोगी हुँदैन । खासगरी घरबाहिर वा खुला घाममा हिँडडुल गर्नेले पुरा शरीर ढाक्ने पहिरन लगाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

जाडोमा शरीरलाई न्यानो राख्न शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । गर्मीमा चाहिं घामको सोझो प्रभावबाट बच्नका लागि । लुगा पातलो र हल्का हुनुपर्छ, तर शरीरको पुरै भाग ढाक्ने हुनुपर्छ । यसले छाला कालो हुने, रुखो हुने समस्या हुँदैन । अन्याथा, कपडाले नढाकिएको खुला भाग घामले कालो हु्रन्छ । अध्ययनहरुले के पनि भनेको छ भने, घामको सोझो किरणले छालाको क्यान्सर पनि हुनसक्छ । त्यसैले गर्मीमा सकेसम्म पुरा शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । यदि सबै भाग नछोपिएमा, त्यसमा सन प्रोटेक्सन क्रिम लगाउनु उपयोगी हुन्छ ।

उज्यालो वा कलरफुल

गर्मीमा कस्तो पहिरन बढी खुल्छ ? उज्यालो रंग । उज्यालो अर्थात सेतो । गाढा (डार्क) कलर गर्मीको लागि उपयुक्त हुँदैन । किनभने गर्मीमा घाम चर्को हुन्छ । घामको किरण कालो एवं डार्क पहिरनले ग्रहण गर्छ । त्यसैले थप गर्मी महसुष हुन्छ । शरीर बाफिन्छ । रापिन्छ ।

जबकी सेतो एवं लाइट पहिरनमा प्रकाश परावर्तन हुन्छ । घामको किरणको सोझो असर पर्दैन । यस्तो पहिरनमा सितलता अनुभव गर्न सकिन्छ । त्यसो त समरलाई लक्षित गरेर बजारमा रंगीचंगी एवं कलरफुल परिहन आउने गर्छ । गर्मीमा कलरफुल परिहन एकदमै उपयोगी हुने डिजाइनर समा बानुको भनाई छ । उनी भन्छिन्, ‘कलरफुल पहिरनमा आफ्नो सौन्दर्य खुल्छ । साथै यसले प्रकृति-मैत्री पनि देखिन्छ ।’

यस सिजनमा फूलहरु फुल्न थाल्छ । बोट बिरुवामा नयाँ पालुवा पलाउन थाल्छ । यसरी प्रकृति नै रंगीन बन्दै गइरहेको अवस्थामा पहिरनमा पनि सोही अनुसारको कम्बिनेसन मिलाउन सकिन्छ ।

कटन एवं लिनन

गर्मीको सिजनमा फेबि्रकको छनौट पनि सही हुनुपर्छ । खासगरी यस सिजनमा लगाइने पहिरन हल्ला, खुल्ला, सजिलो हुनुपर्छ, जसले सितलता महसुष गराउँछ । साथसाथै पसिना पनि सोस्छ । घामको रापमा बाफिदैन ।

अतः यसका लागि कटन, लिनन जस्ता फेबि्रक सही हुने विज्ञहरुको भनाई छ ।

स्टाइलिस स्कार्फ

गर्मीमा हामी हाप पाइन्ट वा टिसर्ट, जम्ससुट, जिन्स वा टप्स, कुर्ती, वानपिस, जिन्स र टिसर्ट लगाउन सक्छौं । यस्तो पहिरनसँगै स्कार्फको प्रयोग पनि गर्न सकिन्छ । स्कार्फ यसकारण उपयोगी हुन्छ कि, यसले स्टाइलिस त देखाउँछ नै घामको किरण र धुलो-धूँवाबाट पनि जोगाउँछ ।

सनग्लास, ह्याट एवं क्याप

गर्मीमा स्टाइलिस एवं कुल लुक्सका लागि सनग्लास उपयोगी हुन्छ । साथसाथै, यसले आँखाको सुरक्षा पनि प्रदान गर्छ । चर्को गर्मीमा आँखालाई सितल अनुभव गराउँछ । धुलो-धूँवालाई आँखामा पर्न दिदैन ।

साथै पहिरनसँग कम्बिनेसन मिलाएर ह्याट लगाउन सकिन्छ । क्याप एवं ह्याट गर्मीकै फेसन हो । यसले स्टाइलिस देखिनका साथै घामको सोझो किरणबाट पनि जोगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment