Comments Add Comment

सुर्खेतमा गाउँपालिकाको कार्यालय सदरमुकाममा राखिएकोमा विरोध

५ चैत, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा सम्पर्क कार्यालय खोलेकोमा स्थानीय वासिन्दाले विरोध गरेका छन् ।

गाउँगाउँमा सिहंदरबार भन्ने नारा दिए पनि गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाममै राखिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

स्थानीयवासीको गुनासो बढेपछि राजनीतिक दलहरुले पनि यसमा चासो देखाएका छन् । एमालेको चौकुने गाउँपालिका कमिटीले सदरमुकाममा राखिएको सम्पर्क कार्यालय तत्काल बन्द गर्न माग गरेको छ ।

सदरमुकामको सम्पर्क कार्यालय बन्द गर्न चौकुने गाउँपालिका कार्यालयलाई आग्रह गरिएको गाउँ कमिटीका संयोजक हरिप्रसाद अधिकारीले बताए ।

बैठकले गाउँपालिकामा विकास निर्माणको गुणस्तरीयता कायम गर्न पार्टीले अनुगमन समिति बनाउने र संयोजक अधिकारीको अध्यक्षतामा अनुगमन समिति बनाइ डेढ महिनामा कार्यपालिकालाई सुझाव दिने निर्णयसमेत गरेको छ ।

चौकुनेको गुटुमा रहेको अस्थायी केन्द्र अविलम्ब उपयुक्त र पायक पर्ने ठाउँमा सार्न पनि गाउँ कार्यपालिकालाई सुझाव दिएको संयोजक अधिकारीले बताए ।

चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले बैंक र विद्युतको सुविधा नभएकाले सम्पर्क कार्यालय वीरेन्द्रनगरमा खोलिएको बताइन् ।

गाउँपालिकाका करिब ६०० योजनाको लागि बैंकिङ सेवाका साथै पि्रन्ट र फोटोकपी गर्नका लागि सदरमुकाममाा कार्यालय खोलिएको रानाको भनाइ छ । उनले बैशाखदेखि सम्पर्क कार्यालय बन्द गर्ने बताइन् ।

लक्ष्मी बैंकले चौकुनेमा शाखा बिस्तार गर्ने भने पनि बिद्युत र पक्की घर नभएकाले बैक नगएको रानाको भनाइ छ ।

बैशाखबाट बैंक पनि गाँउपालिकामा जाने भएकाले बजारमा सम्पर्क कार्यालयको आवश्यकता नहुने उपाध्यक्ष रानाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment