Comments Add Comment

गर्भवती नीशा अमेरिकामा, अर्की नीशाले पनि अमेरिकामा जन्माएकी थिइन् सन्तान


क्रिकेटर शरद भेषवाकर सोमबार बेलुकी नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै नेपाल फर्किएनन् । उनी, दुबइसम्म क्रिकेटरको टोलीमा सहभागी भए पनि त्यहाँबाट भने अमेरिकातिर लागे ।

उनी, अमेरिका पुग्नुको मुख्य कारण हो, आफ्नी गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्नु । नीशा केही समयदेखि अमेरिकामा छिन् । अमेरिका पुगेर उनी आफ्नो गर्भवती तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरिरहेकी छिन् ।

नीशा अमेरिकामा पुगेको ३ महिना भैसक्दा पनि फर्किएकी छैनन् । यसैले, कतै उनले अमेरिकामा नै सन्तानलाई जन्म दिने तयारी गरेकी त होइनन् भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ ।

अमेरिकामा सन्तानलाई जन्म दिँदा केही फाइदा र सुविधा छन् । यदि, कुनै बच्चा अमेरिकामा नै जन्मियो भने उसले स्वत त्यहाँको नागरिकता पाउँछ । यसकारण, नेपाली चलचित्रका केहि कलाकारले अमेरिकामा नै सन्तानलाई जन्म दिएका छन् ।

गायिका नीशा सुनवारले छोरीलाई अमेरिकामा नै जन्म दिएकी थिइन् । गर्भ रहेको ३ महिना भएपछि उनी अमेरिका हानिएकी थिइन् । अमेरिकामा नै छोरी जन्माएकी उनी अहिले उतै सेटल भैसकेकी छिन् । नीशा र शंकर बीसीले सुटुक्क बिहे गरेका थिए । नीशाले, अमेरिका पुगेपछि मात्र शंकरसँगको बिहेको खबर सामाजिक संजालबाट दिएकी थिइन् ।

नीशा मात्र होइनन्, अन्य केहि कलाकार पनि छन् जसले आफ्नो सन्तान अमेरिका पुगेर जन्माएका छन् । नायिका ऋचा घिमिरेले दोश्रो र तेश्रो सन्तानलाई अमेरिकामा नै जन्म दिइन् । पहिलो सन्तान नेपालमै जन्माएकी ऋचाले दोश्रो र तेश्रो सन्तानलाई अमेरिकामा नै जन्म दिएर उतै स्थायी रुपमा बसोबास गरिसकेकी छिन् ।

ऋचा र उनका पति निर्देशक शंकर घिमिरे चलचित्र ‘तुलसी’ रिलिज गर्ने भन्दै अमेरिका हानिएका थिए । तर, उनीहरु त्यसपछि नेपाल फर्किएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment