+
+
Shares

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने

त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा आइतबार साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्ने छन्।
  • जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग हारेर दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराएर जितको सुरुवात गरेको थियो।
  • पोखरा एभेन्जर्सले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो।

१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार आज एक खेल मात्रै हुँदैछ ।

आजको खेलमा  जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुन लागेका हुन् ।

जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो ।

पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

हालसम्मको अंकतालिकमा जनकपुर पाँचौ र पोखरा अन्तिम स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?