६ चैत,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो ।
देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4