+
+
Shares

प्रचण्डलाई बाबुरामको जवाफ : कार्यगत एकता त सम्भव छैन, एकता !

सुवास पण्डित सुवास पण्डित
२०७४ चैत ७ गते १६:२३

७ चैत, चितवन । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रसँग कार्यगत एकता समेत हुन नसक्ने बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पटकपटक माओवादीमा र्फकन आग्रह गरिरहेका बेला नेता भट्टराईले भने, ‘पार्टीको कार्यगत एकता त सम्भव छैन, पार्टी एकता त धेरैं परको कुरा भयो ।’

पार्टीको प्रदेश ३ र ४ को संयुक्त कार्यक्रममा हुन चितवन आएका नेता भट्टराइलाई सञ्चारकर्मीहरुले पार्टी र्फकन प्रचण्डले गरेको आग्रहबारे सोधेका थिए । तर, भट्टराईले पूर्वसहकर्मी प्रचण्ड सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनका कुरामा थप टिप्पणी गर्नुको औचित्य नभएको बताए ।

नेपालको परिवर्तन चाहने र वैकल्पिक राजनैतिक शक्तिसँग नयाँ शक्तिले सहकार्य गर्दे जाने उनले बताए । त्यस्ता पार्टी र शक्तिसँग पार्टी एकता गरेर जान सकिने भएपनि अहिलेसम्म कसैसँग छलफल नभएको नेता भट्टराईले जानकारी दिए ।

उनले भने, ‘सम्भावनाको ढोका खुल्ला छ ।’

सांसद समेत रहेका भट्टराईले देश र जनहितमा सरकारले गर्ने हरेक काममा आफ्नो पार्टीको समर्थन रहने बताए । ‘सरकारका गलत कामको हामी विरोध गर्छौं’ उनले भने, ‘पार्टीले प्रतिपक्षमा बसेर सरकारलाई सचेत पार्ने काम गर्छ ।’

उनले बहुमत हुँदाहुँदै पनि धेरै पार्टी सहभागी गरेर सरकार निर्माण गर्न खोज्नु लोकतन्त्रको हितमा नहुने बताए । साथै सत्तामा गएर मात्रै काम गर्न सकिन्छ भन्ने मानसिकता राख्नु गलत मानसिकता भएको नेता भट्टराईको टिप्पणी छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?