Comments Add Comment

भाग्य चम्काउने यस्तो छ सरल उपाय

संस्कृतमा भनाइ छ- भाग्यं फलति सर्वत्र न विद्या न च पौरुष ।

भाग्यमा भए थलैमा भन्ने नेपाली उखान पनि छ । भाग्यप्रति विश्वास गरे पनि नगरे पनि वा यसलाई पूर्वजन्मको कर्मफल अथवा यसै जन्मको पुरुषार्थ भनिए पनि प्रकारान्तरमा त्यसले भाग्यतर्फ नै इंगित गर्छ । भाग्यमानी बन्न नचाहने को होला र ? यहाँ केही सामान्य उपाय बताइएको छ जसलाई दैनिक व्यवहारमा उतारेर भाग्य जगाउन सकिन्छ ।

बिहान सबेरै नउठ्नु

बिहान अबेलासम्म सुतिरहने व्यक्तिको कुण्लीमा सूर्य कमजोर छ भन्ने बुझ्नुपर्छ र कुण्डलीमा सूर्य बलवान् नै भए पनि अबेरसम्म सुतिरहने बानी बसालियो भने अवश्य पनि सूर्य कमजोर हुन्छ । कमजोर सूर्यका कारण कार्यालयमा सदैव हाकिम वा मालिकको कचकच सुनिरहनुपर्ने हुन्छ र पदोन्नतिमा समेत बाधा खडा हुन्छ । यसको विपरीत सबेरै उठियो भने सूर्यका साथै पितृहरू प्रसन्न हुन्छन् र उनीहरूको आशीर्वाद प्राप्त हुन्छ । फलस्वरूप जीवनमा स्वास्थ्यलाभ हुनुका साथै सबै कार्य बिनाबाधा सम्पन्न हुन्छन् ।

खानपानमा सतर्कता

कार्यव्यस्तताका कारण आधुनिक मानिस खानपानमा त्यति ध्यान दिँदैनन् । फलस्वरूप अनेकौं समस्या सिर्जना हुन्छन् । तसर्थ खानपानको समय निश्चित हुनुपर्छ, यसका लागि समय छुट्याउनुपर्छ । हिँडदै खाने बानी छ भने छोड्नुपर्छ किनभने यस्ता बानीका कारण प्रेतदोष तथा पितृदोष हुन्छ र मानिस बिरामी पर्नुका साथै धनको हानि हुन्छ । जब कि स्थिर रहेर खानपान गर्नाले देवताहरू प्रसन्न हुन्छन्, राहु दोष शान्त हुन्छ र जीवनमा उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त हुन्छ ।

अभिवादन जरुरी

आफूभन्दा सानो कसैले अभिवादन गर्छ भने आफूले पनि शिष्टतापूर्वक उसलाई अभिवादन गर्नुपर्छ । कोही आफूभन्दा श्रेष्ठ छ भने, चाहे त्यो व्यक्ति आप\mनो कर्मचारी नै किन नहोस् उसलाई अवश्य पनि अभिवादन गर्नुपर्छ । यसबाट बृहस्पति र शनि सबल हुने भएकाले जीवनमा कहिल्यै पनि दुर्भाग्यको सामना गर्नुपर्दैन ।

घर आउँदा केही न केही लिएर आउनु

घरबाहिर कतै गएर र्फकँदा केही न केही चिज साथमा लिएर आउनुपर्छ । यसो गर्नाले गृहलक्ष्मी स्थिर हुन्छिन्, घरमा लच्छिनको बास हुन्छ । साथै घरमा झगडा हुँदैन र परिवारमा प्रेमभाव रहिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment