Comments Add Comment

गुर्जुधारामा सवारी चालक अनुमति पत्रको परीक्षण सुरु

९ चैत, काठमाडौ । यातायात व्यवस्था कार्यालय सुकेधाराले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा सवारी चालक अनुमति पत्रको परीक्षण सुरु गरेको छ ।

गुर्जुधारामा शुक्रबार एक समारोहकावीच साना, मिनि तथा हेभी गाडीको सवारी चालक अन’मति पत्रको लागि लिइने प्रयोगात्मक परीक्षा सञ्चालन गरेको हो ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले पााच करोडभन्दा बढी लगानीमा परीक्षण केन्द्र तयार पारेको छ ।

यातायात व्यवस्था कार्यालयले राजधानीमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चक्रपथ भन्दा बाहिर ड्राइभिङक सेन्टर सञ्चालन गर्ने योजना बमोजिम सबै मापदण्ड पूरा गरेर सेन्टर सञ्चालनमा आएको हो ।

जापानी प्रविधिमा आधारित यो सेन्टर ४१ रोपनी क्षेत्रफलमा निर्माण भएको हो । कार्यक्रममा महानगरीय प्रहरी महाशाखाका प्रहरी प्रमुख डीआईजी सवेन्द्र खनालले राजधानीको यातायात व्यवस्थापनलाई सहज बनाउन ठूला सवारीलाई दिउासोमा छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का सांसद बेलीमाया घलेले चन्द्रागिरिमा यातायातको ट्रायल आउनु समग्र चन्द्रागिरिको बिकासमा कोसेढुङगा सावित हुने बताइन् ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले बढ्दो सहरीकरण सागै सडक पूर्वाधार द्रूत गतीमा बिकास गनर्नु पर्ने बताए ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका संचालक तथा यातायात बिज्ञ देबेन्द्र प्रधानले आफूहरुले सवारीसाधनको ट्रायल परीक्षणका लागि सरकारलाई निःशुल्क स्थान प्रदान गरेको बताए ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रामनारायण घिमीरेले देशको बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न राज्य र निजी क्षेत्रको साझेदारीमा कार्यक्रमहरु आउन जरुरी रहेको बताए ।

उनले आफ्नो सुविधा सम्पन्न ट्रायल सेन्टरमा प्रशिक्षर्थीहरुलाई ट्रायलका लागि निःशुल्क सेवा दिने बताए ।

अहिलेसम्म राजधानीमा चार स्थानमा सवारी चालक अनुमति पत्र परीक्षण केन्द्र संचालनमा आएपनि पश्चिमतर्फ गुर्जुधारमा पहिलो पटक सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment