Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्री झाडू लिएर आठै जिल्लामा जाने

‘मुख्यमन्त्री स्वच्छता अभियान’को घोषणा

९ चैत,  जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा स्वच्छताको स्तरलाई उच्च बनाउन ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन् ।

सिरहालाई प्रदेश २ को पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राउतले स्वच्छता मानव विकासको पहिलो खुटकिलो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा समेटेर बजेट पनि व्‍यवस्था गर्ने बताए ।

प्रदेशलाई सफा बनाउन आफू आठै जिल्लाको सडकमा झाडू लिएर उत्रिने उद्घोषसमेत उनले गरे । मुख्यमन्त्री राउतले मानव विकास सूचकांकमा धेरै पछाडि रहेको प्रदेश २ लाई स्वास्थ्य, शिक्षा, र रोजगारमा ठूलै फडको मार्नु पर्ने आवश्यकता औल्याउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

‘अहिलेसम्म हाम्रो विकास भएन भन्ने हामी भन्दै थियौ तर अब जिम्मेवारी हाम्रै काँधमा आएको छ । सबैलाई मिलेर यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ’ उनले भने ‘जनप्रतिनिधिहरुलाई सबैभन्दा बढी इमान्दार भएर अगाडि बढ्‍नुपर्छ । अनि मात्र हामी देशकै नमूना प्रदेश बनाउन सक्छौं ।’

भ्रष्टाचार यस प्रदेशको सबै भन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छुट निदिइने चेतावनी समेत दिए ।

उनले सर्वसाधारणलाई आग्रह गरे ‘कर्मचारी वा जनप्रतिनिधिले कुनै पनि काममा अनियमितता वा ढिलासुस्ती गर्छन् भने हामीकहाँ उजुरी गर्नुस्, हामीले पनि अटेरी गरे सडकमा आउने छुट तपाईलाई छदैछ ।’

मुलुकको ४८ औ खुल्ला दिशामुक्त जिल्ला बनेको सिरहाका स्थानीय तथा अभियानीहरुलाई  बधाई दिदै मुख्यमन्त्री राउतले प्रदेशको बाँकी जिल्लाको लागि सिरहा मार्ग दर्शक बन्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment