Comments Add Comment

गृहमन्त्रीले भने-नेपाल तस्करको स्वर्ग बन्यो, लडाई चुनौतिपूर्ण छ

११ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले दलाल पूँजीपतिहरुले नेपाललाई तस्करीको स्वर्ग बनाइरहेको टिप्पणी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग कुरा गर्दै गृहमन्त्रीले तस्कर र अपराधीविरुद्धको लडाइ चुनौतिपूर्ण बनेको बताए । ‘देशको अर्थतन्त्र चौपट पार्ने दलाल पूँजीपतिहरु सक्रिय छन् । अहिले हामी सुनिरहेका छौं अरबौंको सुन तस्करी भइरहेको छ । मानव तस्करी पनि अरबौंमै भएको छ । लागूऔषधको पनि त्यस्तै छ ।, गृहमन्त्री थापाले भने, ‘यस्ता अपराध खास खास नाकाबाट भइरहेका छन् । हाम्रो चुनौति भनेको यो रोक्ने हो ।’

नेपाल तस्करी र अपराधीको स्वर्ग बन्न नहुने भन्दै थापाले व्यवसायीलाई कहीँ कतैबाट चन्दा माग्ने वा धम्की दिन गरेका घटना आए सरकारलाई तत्काल सूचना दिन आग्रह गरे । कुनै पनि आवरणमा हुने यस्ता घटनालाई सरकारले छुट नदिने उनले प्रष्ट पारे ।

सो अवसरमा चेम्बरका पदाधिकारी तथा व्यवसायीले चन्दा माग्नेहरुले हैरान पारेको गुनासो गरेका थिए । उनीहरुको गुनासो विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताप्रति लक्षित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment