Comments Add Comment

मन शान्तिका लागि दैनिक यस्ता काम गरौं

मनु स्मृतिका अनुसार मानिसले जानेर वा नजानेर भएका पापको शान्तिका लागि दैनिक ५ यज्ञ गर्नु आवश्यक छ । यहाँ यज्ञको अर्थ अग्निमा आहूति दिनु नभई अध्ययन, अतिथि सत्कार आदिसित छ । दैनिक यी काम गर्नाले अद्भुत शान्ति प्राप्त हुन थाल्छन् ।

अध्यापनं ब्रह्मयज्ञः पतृयज्ञस्तु तर्पणम् ।
होमो दैवो बलिर्भौतोनृयज्ञोतिथिपूजनम् ।।

अर्थात् चार वेदको अध्ययन एवं अध्यापन गर्नु ब्रह्मयज्ञ, आप\mना पितृहरूको श्राद्ध-तर्पण गर्नु पितृ यज्ञ, हवन गर्नु देव यज्ञ, बलिवैश्वदेव गर्नु भूत यज्ञ तथा अतिथिहरूको सत्कार गर्नु तथा उनीहरूलाई भोजन गराउनु नृयज्ञ अर्थात् मनुष्य यज्ञ हो ।

ब्रह्मयज्ञ

दिनहुँ चतुर्वेदको अध्ययन गर्नाले ब्रह्मयज्ञ हुन्छ । वेदका अतिरिक्त पुराण, उपनिषद्, महाभारत, गीता वा अध्यात्म विद्यासम्बन्धी पाठहरूको अभ्यास गर्नाले पनि ब्रह्मयज्ञ पूरा हुन्छ । यति गर्न सकिएन भने गायत्री साधना गर्दा मात्र पनि ब्रह्मयज्ञ पूरा भएको मानिन्छ । धार्मिक मान्यताअनुसार यो यज्ञ गर्दा ऋषि ऋणबाट मुक्ति प्राप्त हुन्छ । यसकारण यसलाई ऋषियज्ञ वा स्वाध्याय यज्ञ पनि भनिन्छ ।

देवयज्ञ

देवीदेवतालाई खुसी पार्न गरिने हवनलाई देवयज्ञ भनिन्छ । यो यज्ञ गर्नाले देवताहरूको आशीर्वाद वा वरदान प्राप्त हुन्छ ।

पितृयज्ञ

मृत पितृहहरूको सन्तुष्टि वा तृप्तिका लागि अन्न, जल आदि समर्पित गर्नुलाई पितृयज्ञ भनिन्छ । यो यज्ञ गर्नाले पितृहरूको असीम कृपा प्राप्त हुन्छ । औंसी, पितृपक्ष आदि यसका लागि विशेष दिन मानिन्छन् ।

भूतयज्ञ

कीरा-फट्याङ्ग्रा, पशु-पक्षी, मसिना कीरा वान धाता-विधातास्वरूप भूतादि देवताहरूका लागि अन्न वा भोजन अर्पित गर्नुलाई भूतयज्ञ भनिन्छ ।

नृयज्ञ अर्थात् मनुष्य यज्ञ

घरको द्वारमा आएका अतिथिलाई अन्न, वस्त्र, धन, भोजन आदि कुरा दिएर तृप्त बनाउनु तथा दिव्य पुरुषहरूलाई अन्न दान गर्नुलाई नृयज्ञ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment