+
+
Shares

प्रतिनिधिसभा बैठक बस्दै, तीन अध्यादेश पेश गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते ९:२७

१२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश सोमबार पेश हुन लागेका हुन् ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यी तीन अध्यादेश सम्भवत सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने बताए ।

सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?