Comments Add Comment

७-१ को ‘भूत’ले तसाएको ब्राजिलसामू बदला लिने अवसर

१३ चैत, काठमाडौं । पछिल्लो चार वर्षमा विश्व फुटबलमा धेरै परिर्वतन भइसक्यो । ब्राजिलियन फुुटबल टिममा पनि थुप्रै परिर्वतन देखिएको छ । तर, उसलाई जर्मनीसँग व्यहोरको ७-१ को लज्जास्पद हारको ‘भूत’ले तर्साउन छाडेको छैन ।

जतिबेला विश्व ब्राजिलतिर आकषिर्त भइरहेको थियो, त्यहीबेला उसले इतिहासकै नराम्रो हारको सामना गरिरहेको थियो ।

आज झण्डै चार वर्षपछि ब्राजिलसामूह घरेलु मैदानमा व्यहोरेको त्यो हारको पीडा बिर्साउने अवसर आएको छ ।

गएको विश्वकपको हारपछि पहिलो पटक ब्राजिल र जर्मनबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल नेपाली समयअनुसार राति साढे १२ बजेे बर्लिनमा हुनेछ ।

रुस विश्वकपको तयारीका क्रममा गत साता भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले रसियालाई ३-० ले हराएको थियो भने जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको थियो ।

आश फर्काउने अवसर

जर्मनीविरुद्धको खेल मैत्रीपूर्ण मात्र नभएर ब्राजिलका लागि गुमेको आशा फर्काउने अवसर रहेको ब्राजिलका प्रशिक्षक टिटेले बताएका छन् । ‘आजको खेलको निकै ठूलो मनोवैज्ञानिक कारण छ । योबारे थाहा छैन भनेर कसैले आफूलाई मुर्ख बनाउन सक्दैनन्’ ब्राजिलियन स्पोट्र्स साइट किकरसँग उनले भने, ‘त्यो ७-१ को हार भूत जस्तै हो । मानिसहरू अहिलेसम्म त्यो खेलको कुरा गर्छन् ।’

अघि भने, जति त्यसको कुरा गरिन्छ, त्यसले पछ्याउन छाड्दैन । यसैले आज नयाँ सुरुवात गर्ने अवसर छ ।’
विश्वकपको सेमिफाइनलको त्यो खेलमा ११, २३, २४, २६, २९, ६९ र ७९ औँ मिनेटमा गोल खाएर ७-० ले पछि परेको ब्राजिलका लागि अन्तिम मिनेटमा ओस्करले गोल गरेका थिए ।

‘त्यो खेल साओ पाउलोमा बसेर मैले श्रीमतीसँग हेरिरहेको थिएँ । तेस्रो गोल हुनेवित्तिकै उनी निकै रोएकी थिइन्’ प्रशिक्षक टिटेले भने, ‘त्यो जर्मनीका लागि निकै खुसीको क्षण थियो । उनीहरूले गरेका प्रत्येकजस्तो प्रहार गोलमा परिणत भएको थियो । जुन भिडियो गेममा समेत सम्भव लाग्दैन ।’

त्यो खेलको हावा अहिलेसम्म पनि चलिरहेकाले आज जर्मनविरुद्धको खेलले त्यसलाई बिर्सन सकिने बताए ।

नेइमारको खराब संयोग

त्यसबेला ठूलो अन्तरको हारको सामना गर्दा स्टार खेलाडी नेइमारबिना मैदान उत्रिएको ब्राजिलले आज पनि नेइमारलाई मैदानमा पाउने छैन । सन् २०१४ विश्वकपमा नेइमारसहित खेलेको ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको थियो । त्यसबेला २२ वर्षका नेइमार कोलम्बियाका आन जुनिगासँगको खराब ट्याकलको क्रममा चोटग्रस्त भएका थिए ।

यो चोट उनका लागि गहिरो बन्यो । उनको स्पाइनको भर्टिब्राको ˆयाक्चर भयो र मैदानबाहिर रहन बाध्य भए । त्यसपछि नेइमारबिनाको सेमिफाइनलमा जर्मनीसँग आयोजक टिम ब्राजिल ७-१ ले पराजित भएको थियो । अहिले त्यो खेलको बदला लिने अवसरबाट पनि नेइमार टाढिएका छन् ।

चार वर्षपछि अहिले उनै नेइमारको नेतृत्वमा विश्व फुटबल प्रेमीलाई लोभलाग्दो खेल कौशल देखाएर रोमाञ्चित पार्न ब्राजिल तयार थियो । तर, प|mेन्च लिग वानमा मार्सेइलीसँगको खेलका क्रममा चोटग्रस्त भएका नेइमार मैदानबाहिर छन् ।

आयोजक रुसपछि विश्वकपका लागि छनौट हुने पहिलो टिम बनेको ब्राजिललाई उपाधि विजेताको बलियो दाबेदारका रुपमा हेरिएको छ भने नेइमारलाई विश्वकप उचाल्ने सुहाउँदो कप्तानका रुपमा । यसैले पनि नेइमारको चोटको पीडा उनलाई मात्र छैन । उनी विश्वकप फुटबलसम्म स्वस्थ हुने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment