+
+
Shares

बुद्ध लामाको गीत यूट्यूवमा हिट, आए यस्ता प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १५:३५


बुद्ध लामा नेपाल आइडल हुँदा नाक खुम्च्याउनेहरु धेरै थिए । स्वर कमजोर भएर पनि भोटको बलमा टाइटल जितेको आरोप उनीमाथि लागेको थियो । तर, बुद्धले आफ्नो पहिलो गीत रिलिज गरेसँगै प्रशंसा पाउन थालेका छन् ।

९ दिन अगाडि अगाडि यूट्यूवमा अपलाडेड गरिएको ‘तिमी साथ भएपछि भगवान पनि चाहिँदैन’ बोलको गीत-गजलले अहिलेसम्म करिब ९ लाख भ्यूज पाइसकेको छ । नेपाल ट्रेन्डिङमा यो गीत नम्बर १ सम्म पुगेर फर्केको थियो । गीतमा २९ हजार लाइक र ३ हजार डिस्लाइक छन् ।

गीतमा पाँच हजारभन्दा बढि कमेन्ट आएका छन्, जसमध्ये अधिकांस सकारात्मक छन् । केही प्रतिक्रिया यस्ता छन्ः

सुमन लम्साल लेख्छन्, ‘२० पटक भयो सुनेको, अझै चित्त बुझेको छैन । नेपाल आइडल हुँदा यति मिठो आवाज थिएन । साह्रै मिहिनेत गरेर आएछन् खुशी लाग्यो ।’
निर्मल गजुरेल लेख्छन्, ‘बुद्ध फरक धार बोकेको र फरक स्वर भएको गायक हो । उ हिट हुन्छ । नेपाल आइडलले राम्रो मान्छे निकाल्यो ।’

प्रसाद तामाङ लेख्छन्, ‘नेपाली गीत-संगीतप्रेमी दर्शक-श्रोताले त्यत्तिकै बुद्ध लामालाई भोट दिएको थिएन । उसको गला र कलालाई चिनेर नै भोट दिएको हो भन्ने पहिलो गीतले नै प्रमाणित गरिदिएको छ ।’

सुवास पौडेल लेख्छन्, ‘इयरफोन लगाएर अली ठूलो भल्युममा आँखा बन्द गरेर सुन्नुको मज्जा नै बेग्लै । वाउ, कति मिठो भ्वाइस बुद्धको सलल बगेको ।’

भिम किङले लेखेका छन्, ‘बुद्धलाई राम्रो भन्दा धेरैसँग झगडा भाथ्यो । सबैले गीत रेकर्ड गरे, तर बुद्धको गीत आएन । त्यसपछि चैं बुद्धले गाउन सक्दैन कि जस्तो लागेको थियो । तर हिरोले लास्टमा देखाउँछ भन्थे, प्रुृफ भयो ।’

यस गीतका शब्दहरु सुरेश वाग्लेका हुन् भने संगीत हरि लम्सालले दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?