Comments Add Comment

ॐ जप गर्दा हुने शारीरिक लाभ

ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।

ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । यस्तै ॐ ले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउाछ । यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउाछ । ॐ का यसबाहेक पनि थुप्रै अर्थ छन् । अर्थ जे भए पनि के बुझ्नु जरूरी छ भने ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

थाइराइडको समस्या छ भने ॐ को उच्चारण गर्नु लाभदायक हुन्छ । ॐ उच्चारण गर्दा घााटीमा कम्पन पैदा हुन्छ जुन कम्पनले थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ र समस्या हटाउन मद्दत गर्छ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।

आत्तिने, डराउने वा घबराहट महसुस हुने समस्या भए त्यस्तो भएको बेलामा आाखा बन्द गरेर ५ पटक गहिरो सास तान्दै ॐ को उच्चारण गर्ने हो भने नसोचेको फाइदा प्राप्त हुन्छ ।

तनाव भएको बेलामा ॐ को उच्चारण गर्नु फाइदाजनक हुन्छ । ॐ को उच्चारण गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ,  शरीरमा कुनै टक्सिन बााकी रहादैन र तनाव टाढा भाग्छ ।

ॐ को नियमित उच्चारणले रक्त प्रवाह सुचारू बनाएर मुटुलाई स्वस्थ बनाइराख्छ ।

ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउाछ ।

ॐ को नित्य उच्चारण गर्दा शरीरमा सदैव युवावस्थाको जस्तो स्फूर्ति आइरहन्छ ।

थकान हटाउनका लागि ॐ को उच्चारण गर्नुजस्तो सहज एवं प्रभावकारी उपाय अर्को छैन ।

अनिद्राको समस्या छ भने सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ । तसर्थ ओछ्यानमा ग्एपछि ॐ को उच्चारण गर्नुपर्छ ।

ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।

सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउाछ ।

ॐ को नियमित उच्चारण गर्दा तौल नियन्त्रित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment