Comments Add Comment

बल टेम्परिङको योजनाकार वार्नर, कप्तानका लागि आजीवन अयोग्य

१५ चैत, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा गरेको बेइमानीका कारण क्रिकेट अष्ट्रेलियाको शिर निहुरिएको छ ।

बल टेम्परिङ गर्ने क्यामरुन बेनक्राफ्टमाथि ९ महिना र निवर्तमान कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लागेको छ ।

तर, बल टेम्परिङको योजनाकार डेभिड वार्नर भएको खुलेको छ । यससँगै क्रिकेट अष्ट्रेलियाले उनीमाथि अर्को प्रतिवन्ध लगाएको छ, त्यो हो जीवनभर अष्ट्रेलियाको कप्तान हुन नपाउने ।

क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न लागेको प्रतिवन्ध समाप्त भएको कम्तिमा १२ महिनासम्म स्मिथ र बेनक्राफ्टको नाम कप्तानका लागि सोचिने छैन ।’

साथै कप्तान बनाउँदा पनि विभिन्न शर्तहरु हुनेछन् । उनीहरुको र्फमका साथै प्रशंसक र जनताको स्वीकार्यताका साथै खेलाडीहरुको स्थिति लगायतलाई ध्यान दिइने उसले बताएको छ ।

तर, वार्नर भने कहिल्यै कप्तान हुने छैनन् । उनले नै बल टेम्परिङ गर्ने योजना बनाएर जुनियर खेलाडी बेनक्राफ्टलाई त्यसका लागि उक्साएको पाइएको छ ।

यो पनि पढ्नुहोस्

बल टेम्परिङ विवादमा फस्यो अष्ट्रेलियन क्रिकेट

डेभिड वार्नरको १० बिस्फोटक खेल, जसलाई वर्षभर ‘मिस’ गरिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment