१५ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३१ वटा चोरी र लुटपाटको घटनामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको थानसिंह–९ का ४२ वर्षीय रुपेश भनिने रुपबहादुर सुनुवार छन् ।
उनलाई काठमाडौंको तिनपिप्लेबाट पक्राउ गरिउको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरी २२ लाख धरौटी माग गरिएकोमा धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको उनको भनाइ छ ।
रुपेशसहित उनको समूहका अन्य ३ जनाले काठमाडौंका विभिन्न स्थानबाट सुनका सिक्री लगायत विभिन्न गरगहना लुटपाट गरेर भागेका थिए ।
चोरीको गहना उनले गणेशबहादुर सुनुवार र रुपबहादुर सुनुवारले सञ्चालन गरेको पञ्चकन्या ज्वेलर्समा लगेर चलनचल्तीभन्दा कमको मूल्यमा विक्री गर्ने गरेका थिए ।
प्रतिक्रिया 4