Comments Add Comment

नयाँ वर्षमा पोखरामा ‘फुड कार्निभल’ हुँदै, विदेश भ्रमणसम्मको अफर

काठमाडौं, १६ चैत । नयाँ वर्ष २०७५ को अवसरमा पर्यटकीय नगरी पोखरामा ‘पोखरा फूड कार्निभल’ आयोजना गरिने भएको छ ।

आई ब्लूज म्यानेजमेन्टले नयाँ वर्षको अवसरमा आकर्षक अफरसहितको कार्निभल आयोजना गर्न लागेको हो । कार्यक्रम ३० चैतमा पोखराको नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुनेछ ।

कार्निभलमा साढे दुई हजार जना सहभागी हुने दावी कम्पनीका प्रबन्ध निर्देशक कुशल थापाले गरे ।

पारखीहरूलाई नयाँ वर्षको अवसरमा भरपूर मनोरञ्जन दिलाउन कार्निभलमा खाद्यान्नका विभिन्न परिकार, डि्रङ्क्स पार्टी, डिजे म्युजिक लगायतका गतिविधि समावेश गरिएको उनले बताए ।

कार्निभलमा विभिन्न आकर्षक अफर समेत ल्याइएको थापाले बताए । उत्कृष्ट पोसाक लगाएर सहभागी हुने ४ जनामध्येबाट एक-एक जनालाई सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्ने अवसरसमेत ल्याइएको उनले बताए ।

कार्यक्रममा उत्कृष्ट दाह्रीमा सहभागी हुनेलाई ‘वेष्ट वियर्ड’ घोषणा गरी आइफोन एट प्लस उपहार प्रदान गरिने छ । ‘वेष्ट हेयर स्टाइलिस’ ५ जनालाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा एक पटकको सेवा निःशूल्क उपलब्ध गराइने अर्का आयोजक धीरज थापाले जानकारी दिए । त्यस्तै, उत्कृष्ट पोसाक लगाउने महिलामध्येबाट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार रुपैयाँ बराबरको सपिङ भौचर उपलब्ध गराइने आयोजकको भनाइ छ ।

कार्निभलमा डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जको सांगितीक प्रस्तुती रहनेछ ।

पोखरा बाहिरका पाहुनालाई १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि एकतर्फी यातायात सुविधा, वेलकम डि्रङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको आयोजकले जनाएको छ । जसमा फेवातालमा निःशूल्क बोटिङ समेत समावेश गरिएको छ ।

कार्यक्रमबाट प्राप्त मुनाफाको १५ प्रतिशत रकम राष्ट्रिय आविश्कार केन्द्रलाई प्रदान गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment