Comments Add Comment

क्यानडा पठाउँछु भनेर भारतमा अलपत्र पार्ने युवक पक्राउ

१६ चैत, काठमाडौं । क्यानडाको मल्टिपल भिसा लगाएर क्लिनिङ र क्याटरिङको काममा लगाइदिने भन्दै पीडितलाई भारत पु¥याएर अलपत्र पार्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का ३४ वर्षीय सिंहप्रताप बस्नेत छन् ।

उनी यति एयरलाइन्स डोमेस्टिम प्रा.लि.का प्रशासन विभागमा कार्यरत् कर्मचारी समेत हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको काडाघारीबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment