Comments Add Comment

बोल्ड पूजा, सफ्ट साम्राज्ञी


चलचित्र कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’मा कलाकारको उपस्थिती कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना भएको अवार्डमा केहि चिनिएका अनुहार मात्र पुगे ।

अवार्ड समारोहमा नायक-नायिका निकै कम थिए । नायिका करिश्मा मानन्धर, गौरी मल्ल, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, श्रृजना सुब्बा लगायत देखिए ।
यस्तै, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार हरिवंश आचार्य, नायक भूवन केसी, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायत अवार्ड समारोहमा पुगेका थिए ।

समारोहमा हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे पुगेका थिए । यस्तै अर्का हाँस्य कलाकार केदार घिमिरे आफ्नी श्रीमतिसहित पुगेका थिए । यस्तै, कलाकार सुनिल थापा, विल्सन विक्रम राई पनि अवार्ड समारोहमा पुगे ।

सो अवार्ड समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । उनलाई, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र सहित सम्मानित गरे ।

यस्तै, सो अवार्ड समारोहमा चलचित्र पत्रकारद्धय ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गरियो । सो कार्यक्रममा नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई ‘पपुलर स्टार अफ द इयर’बाट सम्मानित गरियो ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment