Comments Add Comment

जनता बैंकको ८ नयाँ शाखा सञ्चालनमा


१६ चैत, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ नयाँ शाखा सञ्चालनमा आएको छ । रामपुर नगरपलिका ५, पाल्पा, टिकापुर नगरपालिका १, कैलाली, वालिङ नगरपालिका ८, स्याङ्जा र काठमाडौं महानगरपालिका ३, महाराजगञ्जमा नयाँ शाखाबाट सेवा सुरु भएको छ ।

ललितपुर महानगरपालिका ८, ग्वार्को, तिलोतमा नगरपालिका ५, रुपन्देही नयाँमिल, बिनयीत्रिवेणी गाउँपालिका १ दुम्किबास, नवलपरासी र भुरीगाँउशाखा, ठकुरबाबा नगरपालिका वडा नं. १, बर्दियामा पनि जनता बैंकले सेवा थालेको छ ।

यी सगै बैंककोशाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु पुगेको बैंकदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment