बलिउड अभिनेत्रीहरु त्यसैपनि हेल्थ कन्सस छन् । उनीहरु स्वास्थ्यप्रति थोरै पनि लापरवाही गर्दैनन् । खानपान, व्यायाम सबै कुरामा तालमेल मिलाएकाले नै उनीहरु फिट एन्ड फाइन देखिन्छन् ।
अभिनेत्री भनेपछि सौन्दर्यमा सचेत नहुने कुरै भएन । उनीहरु स्वास्थ्य र सौन्दर्यका लागि यति सचेत हुन्छन् कि, त्यसका लागि आवश्यक नियमित दिनचर्या उनीहरुले पालना गरिरहेका हुन्छन् । बिहान उठ्ने, खाने, सुत्ने सबै तालिका अनुहार आफुलाई डोहोर्याउँछन् ।
त्यसैले त बलिउड अभिनेत्रीको डाइट चार्ट देखि वर्कआउटसम्मका कुराहरु मिडियामा छाइरहन्छन् ।
महेश भट्ट पुत्री आलिया तिनै अभिनेत्री हुन्, जो स्वास्थ्य र सौन्दर्यप्रति औधी सचेत छिन् । भनिन्छ, उनमा फिटनेसको त एडिक्सन नै छ । उनी आफुले जानेको कुरा पालना त गर्छिन् नि, अरुलाई सिकाउने पनि गर्छिन् । गर्मी मौसमका लागि उनले केही टिप्स दिएकी थिइन् ।
म यसो गर्छु
गर्मीमा ताजा रहने उपाय भनेको प्रशस्त पानी पिउनु हो । पेय पदार्थ बेला बेला पिइरहन्छु । म एक दिनमा कम्तिमा पाँच लिटर पानी पिउँछु । यसले मलाई ताजा अनुभव गराउँछ । साथै शक्ति पनि मिल्छ । यो इनर्जीको मलाई धेरै आवश्यक्ता छ ।
त्यती मात्र होइन, म पर्याप्त ताजा फल सेवन गर्छु । कागती पानी पनि सेवन गर्छु । यसका साथै शरीरलाई कुल राख्नका लागि दुधसँग तुलसीको बिज पनि सेवन गर्छु । यसले मलाई गर्मी अनुभव हुन दिदैन ।
आफुलाई हाइड्रेड राख्नुहोस्
गर्मी बढ्दैछ । गर्मीमा शरीर अलि शिथिल भएको अनुभव हुन्छ । तर जतिसुकै गर्मी बढेपनि आफ्नो काम छाड्ने कुरा भएन । त्यसैले गर्मीमा ताजा र फुर्तिलो हुनका लागि प्रशस्त पानी पिउनुहोस् । यो राम्रो समाधान हो । पर्याप्त पानीले तपाईलाई गर्मीमा पनि फिट र प|mेस राख्छ । शरीरलाई हाइड्रेड राख्छ । सादा पानी पिउन मन नलागे त्यसमा कागती मिसाइदिन सक्नुहुनेछ । आइस टि पनि राम्रो विकल्प हुनसक्छ ।
सजिलो लुगा लगाउनुहोस्
गर्मीमा हल्का र ब्राइट कलरको लुगा ठिक हुन्छ । यस्तो लुगा लगाउनुहोस्, जो स्टाइलिस देखियोस् । साथसाथै सजिलो पनि होस् । कुनैपनि काममा लुगाले असहज अनुभव नहोस् । हल्का लगाउनुहोस् । लिनन, मलमलको हल्का पहिरन उपयुक्त हुन्छ ।
स्विमिङ गर्नुहोस्, जुम्बा जानुहोस
गर्मीमा अल्छी लाग्छ । काम गर्न जाँगर चल्दैन । अल्छी भगाउने काइदा भनेको पौडी हो । पौडीले तपाईको अल्छीपन भगाइदिन्छ । गर्मीमा व्यायाम गर्न पनि नछाडौं । यसले आलस्य हुन दिदैन । जुम्बा जानुहोस्, व्यायाम गर्नुहोस् । अल्छी त्यसै भाग्छ ।
सनग्लास लगाउनुहोस्
सन ग्लास त गर्मीमा लगाउनैपर्छ । यसले तपाईको लुक्स स्टाइलिस देखिन्छ । त्यतीमात्र होइन, आँखाको पनि बचाउ गर्छ । तपाईलाई सितल अनुभव गराउँछ ।
पहाडको यात्रा गर्नुहोस्
गर्मी छल्ने अर्को उपाय छ, हिल स्टेशनमा जानुहोस् । गर्मी छल्ने राम्रो उपाया हो यो । पहाडतिर चल्ने सितल हावाले तपाईलाई ताजा महसुष गराउनेछ ।
प्रतिक्रिया 4