Comments Add Comment

४० करोडबाट घट्यो दैनिक औसत कारोबार


२० चैत, काठमाडौं । बजार घट्ने क्रममा ब्रेक लागेपनि स्थिर देखिदा सेयर कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार गत महिनामा दैनिक औसत ४२ करोडको सेयर कारोबार भएकोमा मंगलबार २२ करोड रुपैयाँको कारोबार भएको हो । सेयर बजार सूचक नेप्से एक हजार एक सय ९९ विन्दुमा आइपुगेको छ । माघमा भने दैनिक औसत कारोबार ३२ करोडमा सिमित भएको थियो ।

बजार लगातार घटेपनि पहिलो चक्रको उच्च विन्दु ११७५ मा टेवा खोजिरहेको देखिन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक गरेको श्वेतपत्रले चित्रण गरेजस्तो अर्थतन्त्र नकारात्मक मात्रै नरहेको भन्दै काँग्रेस तथा अन्य अर्थविदहरुले बताउन थालेपछि बजार केही सकारात्मक हुने प्रयासमा देखिएको छ । अर्कोतर्फ, सेयर बजारका लगानीकर्ताहरुमा श्वेतपत्रले सेयर बजारको समस्या चिनेको कारण समाधान हुने अपेक्षा बढेपछि बजार थप घट्न रोकिएको हो ।

यसदिन सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नागरिक लगानी कोष प्रमुख स्थानमा रहेको छ । कोषको एक करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । स्ट्याण्डर्ड चार्टर्ड, नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमइको सेयर कारोबार पनि बढेको छ ।

मूल्य उच्च बढ्नेमा नेपाल कम्युनिटी डेभलपमेन्ट, समता माइक्रो, लक्ष्मि लघुवित्त, साँग्रिला बिकास बैंक लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment