२१ चैत,काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसदले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट बढाएर १० करोड पुर्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
एमाले संसदीय दलको बुधबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओली समक्ष निर्वाचन क्षेत्र विकासको रकम बढाउन मागगरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी एकता र भारत भ्रमणबारे सांसदहरुलाई जानकारी दिएपछि दलका पदाधिकारी चयन भएका छन् ।
लगत्तै समय मागेर बोल्दै ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि आगामी बजेटमा १० करोड बिनियोजन हुनुपर्ने बताए । उनले निर्वाचन क्षेत्र २४० बाट घटेर १६५ मा सिमित भएकाले यसअघिको बजेट पुर्वाधार विकासका लागि अपुग हुने भन्दै एक निर्वाचन क्षेत्रका लागि १० करोड हुनुपर्ने माग गरे ।
यसअघिका दुई निर्वाचन क्षेत्र अहिले एउटै भएकाले प्रभावकारी विकासका लागि १० करोड आवश्यक पर्ने उनको तर्क थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईहरु उत्साह र उमंगका साथ जिल्ला र निर्वाचन क्षेत्रमा जानुस् । अब देश बन्छ भनेर जनतालाई आश्वस्त पार्नुस् ।’
प्रतिक्रिया 4