+
+
Shares

सिन्डिकेटविरुद्ध सरकारको अर्को कदम : देशभरका सडकमा रुट परमिट खुला

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ चैत २३ गते २०:५०


२३ चैत, काठमाडौं । सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।

सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट कायमै छ । तर, पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएको छ ।

मयुर यातायातले काठमाडौं-बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ

यसबाट हौसिएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए ।

‘यो ऐनमै भएको व्यवस्था हो । अब कुनै पनि रुटमा जो जान चाहे पनि रोकिने छैन’ महानिर्देशक भट्टराईले अनलाइनखबरसँग भने, ‘स्वच्छ प्रतिस्पर्धाका लागि सबै रुटमा इजाजत खुला गर्न लागेका हौं । अब देशभर नै सिन्डिकेट तोड्नुपर्छ ।’

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उनले बताए । ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । कसैले विरोध गर्दैमा सिन्डिकेट राख्न सकिन्न’ विभागका महानिर्देशक भट्टराईले भने, कुनै पनि रुटमा अरुलाई निषेध गरेर आफ्नो मात्र सवारी चलाउने दिन सकिए ।’

निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी छ ।

अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ । छोटा दूरीका रुटहरुमा पनि सहजै नयाँ गाडीले प्रवेश पाउने अवस्था छैन ।

तर, देशभर रुट इजाजत खुला गर्ने नयाँ निर्णयसँगै राजमार्गको लामा रुटहरुमा पनि नयाँ बस कम्पनीहरु आउने यातायात व्यवस्था विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?