+
+
Shares

बिराटनगर गोली काण्डः छानबिनमा तादरूकता देखाउन कमल थापाको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते १२:०९
उपचाररत् अाचार्य श्रीनिवास ।

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार बिहान बिराटनगरमा अज्ञात समूहबाट आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको भत्सर्ना गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘अपराधी पत्ता लगाउने कार्यमा सरकारले तत्काल गम्भीर तदारुकता देखाओस र कानुन बमोजिम कारबाही होस भन्ने माग गर्दछु ।’

उनले श्रीनिवासको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यसअघि बिहान २ बजे शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा गोली प्रहार भएको थियो ।

घटनामा दुई राउण्ड गोली चले पनि एउटा गोली मात्रै उनलाई लागेको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको प्रहरीको भनाइ छ ।

हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?