+
+

बद्रीले आमाहरुलाई रुवाए, नेता चन्द्र भण्डारी पनि स्तब्ध

अनिल खत्री अनिल खत्री
२०७४ चैत २५ गते १७:०५

२५ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सवमा लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउँदा मञ्चमा बसेका नेता स्तब्ध भए भने दर्शकको आशु थामिएन ।

महोत्सवको आइतवार १० औं दिनका मुख्य आकर्षक बनेका गायक पंगेनीले महोत्वको प्रमुख अतिथिमा मञ्च बसेका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई देख्न साथ उनले नेता ज्यू खैत हाम्रो गाउँमा आएको जस्ता गीतहरु मार्फत प्रतस्तुत गरेका थिए ।

उनले गीत मार्फत धेरै सन्देश मुलक कुरा थपे तब कांग्रेस नेता चन्द्र भण्डारी झनै स्तब्ध भए । गीत गाउँदै गरेका गायक पंगेनीलाई कांगे्रस नेता भण्डारीले आफूले लाएको माला समेत लगाइ दिए ।

गायक पंगेनीले जनताको घरघरमा सबै खाले बिकासका अनुभूतिहरु नपुगेको नेता प्रति दर्शाए । उनले गुल्मी जिल्लामा तिन जना मन्त्री र प्रतिपक्ष दलको नेता पनि प्रभावशाली नेता भएकाले जिल्लाको निम्ती बिकासको गर्ने पालो आएको बताए ।

गीत गाउँदै जाँदा पंगेनीले जनताले दुख पाइरहेका छन् त्यसको अत्यको लागी नेताहरु गाउँगाउमा पुगेर बिकासको अनुभुति सदन गीत मार्फत आग्रह गरे ।

गायक पंगेनीले नेताहरु चिल्ला गाडीहरुमा हिने तर जनताको दुख कष्टलाई बिर्सने गरेकाले त्यसको खबदारी गर्न गीत गाएको बताए ।

गायक पंगेनीले प्रस्तुतिको अर्को गीत स्वरुप आमा बिदा पाउदिन भन्ने गीत गाए । उनले गीत मार्फत बिदेशमा रहेका बिभिन्न कथा वस्तुहरु सुनाए । धेरै दर्शकहरु आमाहरुले आँखाबाट आँसु झारे ।

उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै आमाहरु उनको मुहार हेर्दै आँसु झारिरहेका थिए । गायक पंगेनीको गीतमा महिलाहरु मात्रै होइन धेरै पुरुषहरुका पनि आँसु थामिएका थिएनन् । गीत गाउँदा पंगेनी आफै भावनामा डुवेर स्तब्ध जस्तै थिए ।

गीतमा उनले बिदेशीएका धेरै नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्याबस्था मिलाउन आग्रह गरे । उनले गुल्मी जिल्लाबाट प्रदेशीएका दाजुभाईहरुलाई स्वदेश फर्किएपछि यही ठाउँमा केही गरेर बस्न समेत आग्रह गरे ।

गीत सुन्दै गरेका कांग्रेस नेता भण्डारी पनि उनको गीत सुनेर आफू स्तब्ध भएको बताए ।

गायक पंगेनीले नेताहरुलाई खबदारी गर्ने गीत प्रति आफू निकै भावुक र स्तब्ध बनाएको बताए । उनले पंगेनीकाृे आमाको गीतमा निकै सन्देश मुलक भाव रहेको बताए ।

गायक पंगेनीले बिकास गर्न गाउँ फर्किन नेताहरुलाई गरेको आग्रहमा उनले आफू जनप्रतिनिधि बन्दाका बिकास गतिबिधीहरु सम्झाएका थिए ।

जिल्लाको निम्ती धेरै कामहरु गरेको र आगामी दिनहरुमा पनि सहयोग रहने बताए । भण्डारीले जिल्लाको बिकासको निम्ती धेरैकामहरु सुरुअाती चरणमा रहेकाले आगामी दिनहरुमा चरण बद्ध पूरा हुने बताए ।

चैत १६ गते बाट सुरु भएको तेस्रो गुल्मी महोत्सव चैत २६ गते सोमबार सकिदैँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?