Comments Add Comment

बाराको श्रीपुरमा चिनी मिलको ट्यांकी पड्किँदा एकजनाको मृत्यु, ९ घाइते

२७ चैत्र,

२७ चैत,  सिमरा । बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुरमा रहेको रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्यांकी पड्किँदा एक मजदुरको मृत्यु भएको छ ।

मंगलबार विहान करिब ११ बजे उद्योगमा रहेको ८ लाख लिटर क्षमताको भण्डारण ट्यांकी अचानक पड्किएपछि त्यसको प्रेसरले पर्खाल भत्किदा च्यापिएर एक मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उद्योगमा कार्यरत ४८ वर्षिय भारतीय मजदुर राम सेनाई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनामा अन्य ९ मजदुर घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा सामान्य घाइते एकजनाको कलैयामा उपचार भइरहेको छ भने अन्य घाइतेको वीगञ्जमा उपचार भइरहेको छ ।

उद्योगले चिनी उत्पादन गरेपछि निस्कने उखुको रस (छुवा) भण्डारण गरेर राखिने उद्योगका ट्याङकीहरु मध्ये ८ लाख लिटर क्षमताको एउटा ट्याङ्की बिस्फोट भएको हो ।

बिस्फोटमा परी उद्योगमा काम गर्ने कर्मचारीहरु बारा भोडहा मटिअर्वा निवासी ३० वर्षीय अमरेन्द्र साह, बाराको उतर झिटकैया निवासी २७ वर्षीय भुपेन्ऽ मण्डल , भारतप्य नागरिक ५२ वर्षीय अमरेन्द्र सिहं, कलैया उपमहानगरपालिका-२ निवासी ब्रजेश महतो, बारा जिल्लाको सितलपुर निवासी ३५ वर्षीय देवनरायण महतो, पर्सा जिल्लाको भेडिहारी निवासी ३२ वर्षीय प्रेम राउत बरई, बारा जिल्लाको उतर झिटकैया निवासी ३५ वर्षीय रमेश यादव र बाराको महागढीमाई नगरपालिका-११ का ४७ वर्षीय नागेन्ऽ ठाकुर घाइते भएका छन् ।

दुईजनालाई काठमाडौं लगियो

विस्फोटमा परी घाइते भएका मध्य बारा भोडहा मटिअर्वा निवासी ३० वर्षीय अमरेन्द्र साह र बारा उतर झिटकैया निवासी ३५ वर्षीय रमेश यादवको अवस्था गम्भीर रहेकाले उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको बाराका प्रहरी प्रवक्ता भूवनेश्वर साहले जानकारी दिए ।

घाइते मध्ये एक जनाको कलैया अस्पतालमा र बाँकी छ जनाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बाराका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।

उद्योगले समयमै ट्यांकी मर्मत नगर्दा घटना भएको उद्योग स्रोतले जनाएको छ । ‘जीर्ण भइसकेको सो ट्यांकी मर्मतका लागि उद्योगमा कुरा चलिरहेको थियो, आज अचानक घटना हुन पुग्यो’ उद्योगका एक कर्मचारीले भने । तर, उद्योग प्रशासन र प्रहरीले भने घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment