+
+

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते ११:२४


गतबर्षको सफल चलचित्र ‘जात्रा’को सिक्वेल बन्ने भएको छ । आउँदो फागुन १७ गते रिलिज गर्ने योजना सहित चलचित्र निर्माण हुन लागेको निर्माता रबिन्द्र सिंह वानियाले बताए ।

‘अहिले हामी कथामा नै बसिरहेका छौ । सम्भवत असार अन्तिम सातादेखि चलचित्रको सुटिङ सुरु हुन्छ ।’ निर्माता वाँनियाले भने । प्रदिप भट्टराईको निर्देशन रहने उक्त चलचित्रको नाम ‘जात्रै जात्रा’ राखिएको छ ।

यो चलचित्रमा ‘जात्रा’कै कलाकारहरु बिपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानिया नै देखिनेछन् । यो बाहेक अन्य केहि कलाकार पनि थप्ने योजना यसको निर्माणपक्षको छ । ‘जात्रा’को कथा जहा सकिएको थियो त्यहीबाट नै चलचित्र ‘जात्रै जात्रा’ सुरु हुने निर्माणपक्षले बताएको छ ।

गतबर्ष रिलिज भएको यो चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो भने केहि हलमा ५१ दिन पनि मनाएको थियो । यसैले पनि यसको सिक्वेलको प्रतिक्षा दर्शकमा खुबै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?