Comments Add Comment

सर्वेन्द्रले भोलि फुली लगाउने, विदा भए प्रकाश अर्याल


२८ चैत, काठमाडौं । सरकारले मंगलबार बेलुकी नियुक्त गरेका नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बिहीबार मात्रै दज्र्यानी चिहृन (फुली) प्राप्त गर्ने भएका छन् ।

गृहमन्त्रालयमा एक समारोहका बीच बिहान ८ बजे उनीहरुलाई गृह सचिव प्रेमकुमार राईले फुली लगाइदिने तय भएको हो ।

नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अवकाश पाउँदैछन् । र, बुधबारैबाट नयाँ महानिरीक्षकले कार्यभार सम्हाल्ने छन् ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षकसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक -एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक -डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाउँदैछन् ।

अवकाश पाउने एआईजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्याय छन् ।

त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्ऽसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुष्कल रेग्मी छन् ।

उनीहरूसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुहरि गौतमले पनि अवकाश पाउँदैछन् ।

अवकाश पाउने प्रहरी उच्च अधिकारीहरुलाई विदाइ गर्नका लागि प्रहरी प्रधान कार्यालयले विदाइ समारोहको आयोजना गरेको छ । साँझ ६ बजे एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरिने कार्यक्रम राखिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेले अनलाइनखबरलाई बताए ।

सशस्त्रमा तीन उच्च अधिकारीको विदाइ

सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) श्रेष्ठसहित दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को विदाइ गरिएको छ ।
एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार विदाइ गरिएको हो ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाबुराम पाण्डेले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे औपचारिक समारोहका बीच उनीहरुको विदाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment