Comments Add Comment

प्रदेश १ मा थप ३ दिन सार्वजनिक विदा

फाइल तस्वीर

२९ चैत, विराटनगर । १ नम्बर प्रदेश सरकारको प्रदेशमा तीनवटा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

केन्द्र सरकारले कटौती गरेको आदिवासी जनजाति दिवस, हिन्दूको चाड जनैपूर्णिमा र छठ पर्वका दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

केन्द्र सरकारले जनजाति दिवस र जनैपूर्णिमाको दिन विदा दिएको छैन भने छठ पर्वमा छठ मनाउनेहरुलाई मात्र विदा दिने निर्णय गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणिकरणका विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

उनले प्रदेशको राजपत्र प्रकाशित गर्ने र राजपत्रमा सरकारको अध्यादेश र ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment