यो तस्वीर हेरेर आयूष्मान देशराज दंग परिरहेका होलान् । तस्वीरका दुई सुन्दरीमध्ये एक नायिका प्रियंका कार्की आयूष्मानकी वर्तमान प्रेमिका हुन् भने अर्की परिमिता राज्यलक्ष्मी राणपूर्वप्रेमिका ।
परमितासँग प्रेममा रहेका आयूष्मानलाई प्रियंकाले आफ्नो मायाजालमा पारेकी थिइन् । त्यतिबेला अर्काको प्रेमी खोसेको भनेर प्रियंकाले निकै गाली पनि खानुपर्यो ।
अनुमान गरिएको थियो कि प्रियंका र परमिताबीच सम्वन्ध बहुत तितो होला भन्ने । तर, प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेको यो तस्वीरले अर्कै कथा भन्छ । उनीहरु दुवैजना निकै फ्रेन्डली मुडमा देखिन्छन् । तस्वीरमा पि्रयंकाले ‘डियरेस्ट पाम’ लेखेर लभ सिम्बोल पनि राखेकी छिन् ।
यो तस्वीर खिच्ने अवसर जुराइदिएका हुन् निर्देशक दिपेन्द्र के खनालले । उनले आयुष्मान, पि्रयंका र परमितालाई आफ्नो फिल्म ‘चंगा चेट’मा एकसाथ अभिनय गराएका छन् । फिल्ममा आयूष्मान र प्रियंकाको जोडी छ भने उनीहरुसँग परमिताको सिन नभएको बताइन्छ । तर।, सुटिङको क्रममा पि्रयंका र परमिता राम्रै घुलमिल भएको देखिएको छ ।
परमितासँगको सम्वन्धको विषयमा अनलाइनखबरले सोध्दा प्रियंकाले भनिन्, ‘हामी दुईबीच सम्वन्ध कहिल्यै पनि नराम्रो थिएन, मिडियाले त्यस्तो चर्चा गरेका मात्र हुन् । अहिले हामी राम्रो साथी भएका छौं ।’
प्रतिक्रिया 4