+
+
Shares

भागेर भारत जाँदै गरेका हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते ११:३०

३० चैत, बैतडी । हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ ।

घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो ।

गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिए ।

प्रदेश नं ७ सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सीमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?