+
+

नयाँ वर्षमा मुख्यमन्त्री पुगे मुक्तिनाथ धाम

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७५ वैशाख २ गते ८:५२


२ वैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल नयाँ वर्ष ०७५ को पहिलो दिन रुपन्देहीको बुटवलस्थित मुक्तिनाथ धाम पुगेर पूजाआजा गरेका छन् ।

बुटवल -१२ स्थित स्वामी नारायण मुक्तिनाथ धाममा पत्नी सुजितासँगै पुगेर उनले विशेष पूजा र आरती गर्नुका साथै स्वामी लोकानन्दबाट प्रसाद ग्रहण गरेका थिए ।

त्यहाँ सन्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले देशको विकास र समृद्धिभित्र धार्मिक सांस्कृतिक सम्पदाको पनि योगदान रहने बताए । मुक्तिनाथ धाममा आएपछि प्रदेश ५ मा पर्ने धार्मिक पीठ र सांस्कृतिक सम्पदाहरुको विकास गर्न आफूलाई प्रेरणा मिलेको उनले बताए ।

मख्यमन्त्रीसँगै उनकी पत्नी तथा संघीय सभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका बन वातावरण उद्योग तथा पर्यटन मन्त्री लिला गिरि, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदी लगायत पनि मुक्तिनाथ धाम पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?