Comments Add Comment

मुस्लिम देशको नोटमा किन राखियो गणेशको फोटो ?

काठमाडौं । प्राय हामी विश्वका अलग-अलग देशको रोचक तथ्य सुन्दै र पढ्दै आएका छौं । तर केही कुरा यस्ता हुन्छन् जुन भावनासँग जोडिन्छन् । यस्तै एक देश हो इन्डोनेसिया । इन्डोनेसियालाई विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिन्छ ।

यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ । त्यसबाहेक अझै रोचक कुरा त के छ भने मुस्लिम देश इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ । आखिर किन होला ? यसको कारण पनि रोचक छ ।

इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन् । हिन्दूहरु केबल ३ प्रतिशत छन् । रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ । त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ ।

भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । २० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन् ।

साथै नोटमा इन्डोनेसियाको पहिलो शिक्षामन्त्री हजर देवान्त्राको तस्वीर पनि छ । देवान्त्रालाई इन्डोनेसियाको स्वतन्त्रता सेनानी मानिन्छ ।

भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो । त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफलपछि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो । त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि त्यसपछि अर्थव्यवस्था मजबुत बन्यो ।

नोटमा गणेशको मात्रै होइन इन्डोनेसियन आर्मीको मस्कटमा हनुमान पनि राखिएको छ । र, एक चर्चित पर्यटकीय गन्तव्यमा अर्जुन र श्रीकृष्णको मूर्ति पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment