Comments Add Comment

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

३ बैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेका हुन् ।

गत चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ ।

प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

उक्त नीति तथा कार्यक्रममाथि सोमबारको प्रदेशसभा बैठकमा विशेष छलफल भएको थियो ।

बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेश सरकारको नीति कार्यक्रम समग्रमा राम्रो भएपनि केही कुराहरु छुटेकाले समेट्न आग्रह गरेका थिए।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई जोड दिएको छ । कृषिलाई यस प्रदेशको मुख्य आधारशिलाको रुपमा कम व्याजदरमा ऋण, स्थानीय आवश्यक्ता अनुसार सिँचाइको व्यवस्था, कृषकले खोजेको बेला उन्नत वीउविजन, रसायनिक मल,यन्त्रोउपकरण , किटनाशक औषधि तथा प्राविधिक तालिमको सहज उपलब्धता गराई बजार पहुँचलाई सुनिश्चित गर्न प्रदेश सरकारले नीति कार्यक्रममा विशेष जोड दिएको छ ।

‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मे विमा कम्पनीसँग साझेदारीमा छोरीहरुको शिक्षा विमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरीह त्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरले नीति लिएको छ ।

यस्तै महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र लक्षित कार्यक्रमहरु गर्ने र कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने छ ।

सरकारको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक, बन्द उद्योगहरु सञ्चालन , पर्यटकीय स्थल बनाउन धामिर्क क्षेत्रहरुको संरक्षण सम्बर्धन लगायतमा जोड दिएको छ ।
प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment