+
+

मुख्यमन्त्री भट्टकी छोरी सामुदायिक विद्यालयमा भर्ना भइन्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते १२:३६

५ बैशाख, डोटी । सामुदायिक विद्यालयहरुमा शैक्षिण गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला मुख्यमन्त्री भट्टले स्वयं विद्यालय पुगेर छोरीलाई प्रदेशको अस्थायी राजधानी धनगढीको उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा भर्ना गरेका हुन ।

छोरी पुष्पालाई कक्षा ८ मा भर्ना गर्न बुधबार विहान करिब साढे ८ बजे विद्यालय पुगेका मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरुले आफ्ना छोराछोरी भर्ना नगरेसम्म गुणस्तर बृद्धि नहुने बताए । ‘सबै नेपालीले आर्जन गर्ने शिक्षा समान हुनुपर्छ’ विद्यालय भर्ना अभियानको अवसरमा राष्ट्रिय माध्यामिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने ‘औपचारिक शिक्षा अध्ययन गर्नबाट कुनै बालबालिका पनि बञ्चित नहोउन भन्ने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न प्रदेश सरकार पनि कटिबद्ध रहेको छ ।’

गरिबी हटाउन पनि छोराछोरी पढाउनै पर्ने बताउँदै मुख्यमन्त्री भट्टले प्रदेश ७ मा शैक्षिक समानतासहतिको शिक्षा नीति बनाउन सरकार लागि परेको जानकारी दिए ।

मुख्यमन्त्री भट्टका दुई छोरी र एक छोरा मध्ये जेठी छोरी लक्ष्मी डोटीको देवस्थल मावि फलेडीमा कक्षा १० मा अध्ययनरत छन भने छोरा विकास सुजङ्ग उमावि राजपुरबाट कक्षा ११ को परीक्षा दिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?