Comments Add Comment

गण्डकी विकास बैंकको थप आठवटा शाखा शुभारम्भ


५ वैशाख, काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वर रहेका छन् । यस सगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैकिङ सुविधा प्रदान हुने छ ।

बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटिएम, इसीसी/आइपीएस, सी आस्बा, मोबाइल बैंकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ सेवा सञ्चालन गरिएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आएको छ । बैंकले ३ सय ६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

बैकका विभिन्न स्थानमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा छन् । बैकले यी शाखा यसै आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस पछि बैकका कुल ७७ वटा शाखा कार्यलयहरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment