Comments Add Comment

ग्लोबल आईएमई बैंक र बेलायतको क्रसपेबीच रेमिट्यान्स सम्झौता

६ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपेबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि बेलायत स्थित मुख्य कार्यालय भएको क्रसपेमार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७५०० भन्दा बढि एजेन्टहरु मार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंकको खातामा सिधै जम्मा गर्न सकिने छ ।

क्रसपेेको बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment