Comments Add Comment

मिर्गाैला पीडित स्वास्थ्यकर्मीलाई अस्ट्रेलियामा जुट्यो एक लाख १६ हजार

सिड्नी । थाहा नगरपालिका-२ निवासी दुवै मिर्गाैला पीडित स्वास्थ्य स्वयम्सेविका बबिता ढकालको उपचारको लागि आर्थिक अभाव भएको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि विभिन्न ठाउँमा सहयोग रकम जुट्न थालेको छ ।

अस्ट्रेलियामा पनि गत बुधबार साँझसम्म एक हजार चार सय डलर रकम जम्मा भएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सरिता ढकालले बताइन् ।

उनका अनुसार अस्ट्रेलियामा बसोबास गरिरहेका नव अर्याल, गोपाल पोखरेल, अर्जुन लम्साल, बिशाल पोखरेल, बिनोद पौडेल, राजु ढकाल, सर्मिला तिमिल्सिना, हिमलाल गैरे, दिपराज सापकोटा, निराजन गौली, नारायण काफ्ले, शेषमणि शर्मा, चुन्ना छेत्री, रेमन के सी, सुजन न्युपानेले सहयोग गरेका थिए ।

त्यस्तै उनको उपचारको लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारी, सन्ध्या शाह, प्रतिक सिग्देल, कुमार गिरी, गम्भीर सापकोटा, बुल्सन लाम्गादे, इन्दिरा गुरुङ, राजकुमार श्रेष्ठ, बिष्णु पौडेल, प्रतिमा शाही दर्शनधारी, तीर्थराज कार्की, सरिता ढकाल, मनरिषी धिताल र दीपक भट्टराईले पनि सहयोग गरेका थिए । उक्त सहयोग रकम बराबरको नेपाली एक लाख १६ हजार दुई सय बिरामी स्वाथ्यकर्मी बबिता ढकालका श्रीमान देवचन्ऽ ढकालको नेपाल बैंक लिमिटेडमा भएको खातामा जम्मा गरिएको छ ।

आफ्नो उपचारको लागि प्रबासबाट सहयोग र सहानुभूति व्यक्त गर्ने सबै प्रति आफू आभारी भएको भन्दै बबिता ढकालले सबैलाई धन्यबाद दिएकि छन् ।

बबितालाई सहयोग गर्न चाहनेले नेपालमा नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

उनलाई सहयोग गर्न +९७७९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment