+
+
Shares

सागरनाथ वन परियोजनाको जंगल क्षेत्रबाट १२ लाख लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १०:१६


९ वैशाख, बर्दिबास । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगर स्थित सागरनाथ वन परियोजनाको जंगल क्षेत्रबाट दिलसा सप्लायर्सको १२ लाख रुपैयाँ लुटिएको छ।

औरही, गौशालालगायत बजारबाट पैसा संकलन गरी ज १ च ८९९ नम्बरको बोलेरोबाट बर्दिवासतर्फ आउदै गर्दा जंगल क्षेत्रमा हतियारधारी समूहले पेस्तोल देखाएर लुटपाट गरेको सप्लायर्सको भनाइ छ ।

बर्दिवास नगरपालिकास्थित दिलसा सप्लायर्सको १२ लाख रकम लुटिएको सञ्चालक शकर श्रेष्ठले जानकारी दिए ।

बर्दिबासस्थित दिलसा सप्लायर्सको सूर्य नेपाल (चुरोट) को रकम बजारबाट संकलन गरि फर्कंदै गर्दा मोटरसाइकलमा आएको हतियारधारी समूहले पेस्तोल देखाएर रकम लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला नपा १ स्थित सशस्त्र प्रहरी बेश क्याम्पका प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारी अनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीलाई मोटरसाइकलमा आएका केही अपरिचित समूहले पेस्तोल देखाएर गाडी रोकी लुटपाट गरेको हो।

यस अघि पनि यो क्षेत्रमा पटक पटक लुटपाट हुने गरेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?