Comments Add Comment

रेल र टनेलको विकासमा सहयोग पुर्‍याउन बेलायतका नेपाली इन्जिनयरहरु तयार


लन्डन । बेलायतमा कार्यरत नेपाली मूलका ईन्जिनियरहरुले विकसित देशमा भएको प्रविधिको प्रयोगबाट नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।

शनिबार सोसाइटी अफ नेपालिज ईन्जिनियर्स ईन युकेले लण्डनको नर्थ बेम्बलीमा आयोजना गरेको नेपालको विकासमा मौलिक प्रविधि र अभ्यास विषयक सम्मेलनका कार्यपत्र प्रस्तोताहरुले सो कुरामा जोड दिएका हुन् ।

उनीहरुले नेपालमा पूर्व पश्चिम रेल , मेट्रो रेल र अन्य संरचनाहरु बनाउन आफनो शीप र दक्षता प्रदान गर्न तयार भएको पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले बेलायतमा नेपाल सम्बन्धी नयाँ प्रविधिका बारेमा भएका अध्ययन अनुसन्धानलाई दूतावासले सम्बन्धित निकायमा पु्र्याउने आश्वासन दिए ।

इन्जिनियर राजेश पाठकले सम्मेलनमा लण्डनको रेलवे नेटवर्क , ईन्जिनियर डा. बिनोदलाल अमात्यले काठमाण्डौंमा अण्डरग्राउन्ड मेटरे रेल र टनेल र ईन्जिनियर नारद भण्डारीले रेलवे संरचनाको परियोजना समेटिएको कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी इन्जिनियर कृष्ण किशोर श्रेष्ठले दोधारा र चाँदनीको पुलको रेखाँकन , घनश्याम शर्मा पौड्यालले मायादेवी मन्दिरको उदाहरणसहित संरचनागत परिवर्तन र रामहरि पौडयालले नेपालको ईनर्जी क्राईसिसबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

घनश्याम शर्मा पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई वीरेन्द्र श्रेष्ठले संयोजन गरेका थिए भने शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment