Comments Add Comment

पत्रकार महासंघ कर्णाली प्रदेशमा केन्द्रको निर्णय अस्वीकार, अध्यक्षमा तीन जनाको उम्मेदवारी

९ वैशाख, सुर्खेत । कर्णालीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको  निर्णय अस्वीकार गरेका छन् ।

केन्द्रले सहमतिका आधारमा प्रदेश समिति चयन गर्न भन्दै प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले भागबण्डा गरेका थिए । तर, उम्मेदवारी दर्ताको अन्तिम दिनसम्म महिला उपाध्यक्ष र समावेशी सचिव बाहेक सबै पदाधिकारीहरुमा दुई भन्दा बढी उम्मेदवारी परेको छ ।

अध्यक्षमा चौतारीबाट दुर्गा थापा र विष्णु शर्मा, प्रेस सेन्टरबाट टेकबहादुर ओलीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै उपाध्यक्षमा युनियनका कमल पन्त र सेन्टरका धर्मराज जिसीले उम्मेदवारी दर्ता गरेका छन् । समावेशी उपाध्यक्षमा भने सेन्टरकी डम्मरकुमारी आचार्य निर्बिरोध भएकी छिन् ।

महासचिवमा पनि सेन्टरका दिपेन्द्र शर्मा र युनियनका सुशिल शर्माको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सुरेन्द्र खत्री र लोकेन्द्र पौडेलको उम्मेदवारी परेको छ ।

सचिवमा दीपक बुढा, प्रकाश उपाध्याय, यत्रराज थापा र पवित्र शाहीको उम्मेदवारी परेको छ । समावेशी सचिवमा भने सेन्टरका गणेशकुमार सिर्पाली निर्बिरोध भएका छन् ।

चाैतारीले सहमतिविपरीत उम्मेदवारी दर्ता गरेपछि सेन्टर र युनियनले उम्मेदवारी दर्ता गरेको जनाएका छन् ।

कर्णाली प्रदेशमा अध्यक्ष चाैतारीलार्इ दिन सहमति अनुसार चाैतारीबाट दुर्गा थापाले उम्मेदवारी दिएका थिए । तर, उनको विरूद्ध चाैतारीकै बिष्णु शर्माले उम्मेदवारी दिएपछि सहमति भाँडिएको हो ।

उम्मेदवारहरूको सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment