Comments Add Comment

सलिन र साम्राज्ञी ‘ए मेरो हजुर ३’मा नहुने


निर्माता सुनिल कुमार थापाले केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ३’मा नायक सलिनमान बनियाँ फाइनल भएको बताएका थिए । उनले, यो चलचित्रमा सलिनले काम गर्छु भनेर मौखिक सहमती जनाइसकेको बताएका थिए । तर, चलचित्र ‘ए मेरो हजुर २’ विभिन्न देशमा रिलिज गरेर भर्खरै मात्र नेपाल फर्किएकी निर्देशक झरना थापाले चलचित्रका लागि नयाँ कलाकार खोजेको बताएकी छिन् ।

झरनाले अनलाइनखबरसँग भनिन्-‘हो, अब म चलचित्र ‘ए मेरो हजुर ३’को निर्माणको तयारी गर्दैछु । यो चलचित्रमा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह दुबै हुँदैनन् ।’ उनले यसको कारण खुलाउँदै भनिन्-‘पुरानै कलाकार राख्दा नविनता नहोला भन्ने हामीलाई लाग्यो । यसैले, सलिन र साम्राज्ञी दुबैलाई नदोहोर्‍याउने सोच बनाएका हौ । सायद, नयाँ नायक-नायिका चलचित्रमा हुन्छन् होला ।’

साम्राज्ञी अहिले नयाँ प्रोजेक्टमा व्यस्त छिन् भने सलिनले पनि निर्माता केशव भट्टराइको चलचित्र ‘यात्रा ब्लग’मा काम गर्ने पक्का भएको छ । यसैले पनि झरना र सुनिलले यो जोडीलाई पर्दामा नदोहोर्‍याउने निर्णय गरेको हुनसक्छ । साम्राज्ञी र ‘ए मेरो हजुर २’को टिमविचको सम्बन्ध सुरुवातदेखि नै सुखद नभएको चर्चा थियो । कतै, सलिनसँग पनि झरना र सुनिलको सम्बन्ध विगि्रएको त होइन ? घटनाक्रमले यस्तै देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment