+
+
Shares

देउवालाई ओलीको व्यंग्य-प्रधानमन्त्री फर्केपछि लम्पसारवाद भन्नैपर्ने रहेछ जस्तो लाग्यो होला

'मुसाले दाँत धार लाउन नयाँ लुगा काटेजस्तै गर्छन् केही बुद्धिजिवी'

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १० गते २०:४५
फाइल फोटो

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्ना आलोचक ‘बुद्धिजिवी’हरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

आफूले आर्थिक सम्मृद्धि र विकासको कुरा गर्दा उनीहरुले विकासको नाममा अधिनायकवाद ल्याउन खोजेको भनेर हाँस्यास्पद तर्क गरिरहेको ओलीले टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रवाद खोक्रो वा भरिलो नहुने बताए । उनले आफ्नो भारत भ्रमणलगत्तै देउवाले लम्पसारवादी भनेर टिप्पणी गरेकोमा व्यंग्य गर्नसमेत भ्याए ।

ओलीले भने ‘नेपालमा यस्ता मान्छे पनि छन्, म भारतबाट फर्केपछि ओलीको भारत भ्रमण लम्पसारवाद हो भनेको सुनेँ । बिचरा कोही भारतमा लम्पसार पर्न गएको बेला लम्पसारवाद भनिएको थियो होला । उनलाई लाग्यो प्रधानमन्त्री भारतबाट फर्किएपछि लम्पसारवाद पो भन्नुपर्ने रहेछ । उनका कार्यकर्ता पनि हाम्रो सभापतिले भनेपछि हो हो भन्दै हिड्न बाध्य छन् ।’

ओलीले लम्पसारवादको अर्थ देउवाले नबुझेको हुनसक्ने भन्दै अहिलेको प्रधामनन्त्रीको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हाँस्छ भन्ने उनले थाहा नपाएको टिप्पणी गरे ।

देउवालाई जवाफ दिएपछि ओली आफ्ना आलोचक बुद्धिजिवीप्रति खनिए । लेखेर जीविका चलाइरहेका बुद्धिजिवीले मुसाले दाँत उध्याउन नयाँ लुगा काटे जस्तै, देशलाई अहित हुने कुरा लेखिरहेको टिप्पणी गरे । विकासको कुरा गर्दा अधिनायकवाद देख्नेहरु मुसाजत्तिको विवेकशील पनि नदेखिएको उनले बताए ।

ओलीले भने ‘मुसाले कपडा काटेन भने उसको दाँतको धार जान्छ । त्यसैले दाँत धारिलो बनाउन उसले लुगा काट्छ । मुसा अचेत प्राणी भएकाले पुरानो छानेर काट्दैन जुन भेट्यो त्यही काटिदिन्छ । तर बुद्धिजिवीले त दाँत धार लाउने हो भने पनि देशको पक्षमा लेखेर धार लाए हुने नि । तर जसो गर्दा देशको अहित हुन्छ त्यसैगरी धार लगाइरहेका छन् ।’

रारा ताललाई महेन्द्रताल भनेर लेख्ने बुद्धिजिवी मुसाजस्तै हुन् भन्दै ओलीले भने ‘रारा ताल हजारौं वर्षअघिनै थियो । तर महेन्द्र एकपटक गए भन्दैमा महेन्द्रताल भनेर लेख्छन् । विकासको कुरा गर्दा यस्तो कुरा त महेन्द्रीय विकासवाद हो भन्छन् । कस्ता बुद्धिजिवी हुन् तिनीहरु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?