Comments Add Comment

नेपालीको ब्यबसाय बढेकोमा अष्ट्रेलियाको रक्डेलका मेयर खुशी

सिड्नी / नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रक्डेल इलाकामा नेपालीहरुको ब्यापार ब्यबसाय बढ्दै गएकोमा स्थानीय बे साइड काउन्सिलका मेयर बिल सरंविसकी खुशी छन् ।

हालै रक्डेलमा नेपाली युवाहरुले खोलेको एक ब्यबशय उद्घाटन गर्दै उनले भने – ‘यहाँ नेपाली समुदाय बढ्दै गएको र ब्यबसाय पनि बढिरहेकोले स्थानीय काउन्सिल निकै खुशी छ ।’ उनले यहाँको काउन्सिल नेपाली ब्यबसायलार्इ सहयोग गर्न तयार रहेको बताए ।

रक्डेलमा हालै खुलेको ‘भिटो पार्टनर’ को उद्घाटनमा करिब पचास जना नेपाली ब्यबसायी र विद्यार्थीहरुबीच उनी उपस्थित भएका थिए ।

केही महिनाअघि होलीको अवसरमा नेपाली कार्यक्रमपछि यहाँको स्थानीय पार्कको सरसफाइ राम्रो नभएकोमा दुखी देखिएका उनी नयाँ उद्धेश्यले सुरुभएका नेपाली ब्यबसायबाट भने खुशी भएका छन् र यहाँको बढ्दो नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गरिरहेका छन् ।

भिटो पार्टनरले आफ्ना उद्धेयश्य भिजन, इण्टिग्रॆटि, ट्रान्सपरेन्सी, अपर्चुनिटी बनाएको छ । संचालक रोशना पोखरेलले भनिन- ‘हामीले हाम्रो ब्यबसायमा निश्चित भिजन, निष्ठा, पारदर्शिता र अवसरलार्इ मूलमन्त्र ठानेका छौ ।’

उनले भिटो पार्टनरबाट शैक्षिक परामर्श सेवा, बसाइसराइ सम्बन्धी परामर्श, करिअर काउन्सिलिङ्ग, होमलोन लगायत सबै प्रकारका ऋण सुविधाका लागि परामर्श, फाइनान्स सुबिधा लिन सकिने बताए ।

भिटो पार्टनरमा अष्ट्रेलियाका युवा व्यवसायीहरू समिम, धर्म अधिकारी, चुन्ना क्षेत्री, लगायत रहेका छन् । यो व्यवसायको शैक्षिक परामर्श सेवाका लागि गत वर्ष नेपालमा भिटो एजुकेशन पनि खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment