+
+
Shares

जुटौं उठौं अब नेपाली

पुरुषोत्तम सानु पुरुषोत्तम सानु
२०७५ वैशाख १२ गते ८:१६

वल्लो घर टाल्न खोज्दा पल्लो घर भत्केको छ
एक मन बुझाउन खोज्दा अर्को मन फाटेको छ
फुट्ने–टुट्ने होइन अब जुट्ने बेला आएको छ ।

प्रत्येक युवा, बाल–वृद्धा सब जनले दुःख पाएको छ
चुडाइ दियो कोमल मनलाई, सानो सानो धागो सरी
मुटु दुख्छ, पीडा हुन्छ, विचलित मन घरि घरि ।

पाटी पौवा, मन्दिर गुम्बा सबै अघि ढलेको छ
सबै मन मुटु जति थाकेको र गलेको छ
ध्वस्त सबै भइसक्यो अब के नै बाँकी छ र ?

मन, मुटु, विचार अब एकै हुने बेला आएको छ
पूर्वमा चोट लाग्दा, पश्चिमले मलम लगाउनु पर्छ
दुःखेको मन, फाटेको मन, सबै मिली सिउनु पर्छ ।

जुट अब सबै जना नयाँ नेपाल बनाउनु छ
विश्वसामु फेरि पनि एक भई नाम कमाउनु छ ।

(प्रहरी नायब निरीक्षक सानु हाल ट्राफिक एफएम ९५.६ मा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?