Comments Add Comment

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बृज सिमेन्टको सहयोग

१२ वैशाख, काठमाडौं । महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले सिमेन्ट उपलब्ध गराउने भएको छ ।

महावीर पुनद्वारा हाल कीर्तिपुरमा निर्माण भइरहेको मेकर स्पेेसको निर्माण कार्यको लागि सिमेन्ट सहयोग गर्ने सहमति भएको हो । यो सम्झौता केडिया अर्गनाइजेसन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेसन, बृज सिमेन्ट इण्डष्ट्रिज प्रालि तथा राष्ट्रिय आविष्कार केन्द्रबीच भएको हो ।

मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम भइरहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बृज सिमेन्टका ब्राण्ड एम्बेसेडरसमेत हुन् । बि्रज सिमेन्ट इन्ड्रस्ट्रिजका प्रबन्ध निर्देशक मनोज केडियाले बृज सिमेन्टको सहयोग महावीर पुनको मेकर स्पेस निर्माणमा कोषेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment